अनेरास्ववियू माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग

652
SwadeshPost

०८ जेठ, चितवन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को माडी क्याम्पस समितिले अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न माग गरेको छ ।

संगठनका क्याम्पस ईकाई अध्यक्ष रवि भुर्तेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र क्याम्पसलाई बुझाउँदै सो संगठले देशका अन्य स्थानहरुमा प्रयोगमा आइरहेको अनलाइन विधीबाटै भएपनि पठनपाठन सुचारु गर्न माग गरेको हो । कोभिडका कारण भौतिक उपस्थिति सहितको कक्षा चल्न नसकेपनि बार्षिक परीक्षा सञ्चालन हुने समय आइसकेको सन्दर्भमा अनलाइन पठनपाठन सुरु गर्न संगठनले क्याम्प्स प्रशासनको ध्यानाकर्षण गरेको हो ।

SwadeshPost