उपमेयर महतोले प्रसुतीजन्य सेवाका लागि नगरपालिकाको गाडी उपलब्ध गराउने

345
SwadeshPost

१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाका उपमेयर तारा कुमारी काजी महतोले प्रसुतीजन्य स्वास्थ्य समस्या परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी सहयोगस्वरुप उपलब्ध गराउने बताउनुभएको छ ।

कोरोना संक्रमणको वर्तमान अवस्थामा आवश्यक संख्यामा एम्बुलेन्स उपलब्ध नहुने भएकाले अति संवेदनशील अवस्थाका गर्भवती, सुत्केरी लगायतका स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई आफूले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराउने उपमेयर महतोले जानकारी गराउनुभएको हो । महतोले विश्व महिला स्वास्थ्य दिवस समेतको सन्दर्भ पारी सामाजिक सञ्जालमार्फत सो कुरा सार्वजनिक गर्नुभएको हो ।

नगरवासीहरुलाई कोभिड १९को माहामारीमा सुरक्षित रहन र स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध एव कोरोना संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना गर्दै उपमेयर महतोले माहामारीको बेला गर्भवती, सुत्केरी, नवजात शिशु, जाँच वा उपचारको अवस्थामा एम्बुलेन्स नपाए आफूलाई खबर गर्न अनुरोध गर्नुभएको हो । यसअघि कोरोना महामारीको पहिलो लहरका क्रममा महतोले आफूले चढिआएको गाडी स्वास्थ्य शाखालाई उपलब्ध गराउनुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost