लगातारको बर्षाका कारण आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न माडी नगरपालिकाको आग्रह

391
SwadeshPost

१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाले लगातारको बर्षाका कारण खोला खहरेहरुमा आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

माडी नगरपालिकाका बिपद् श्रोतव्यक्ति गोविन्द न्यौपानेले निरन्तरको वर्षाले माडी क्षेत्रका खहरे खोलाहरूमा पानीको बहाव उच्च रहन सक्ने भएकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको हो ।

यो समयमा बाढीले बगाएर ल्याएको दाउरा समात्ने, माछा मार्ने र पौडी खेल्ने लगायतका जोखिम कार्यहरु नगर्न, जुनसुकै बेलामा बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानको पहिचान गरी महत्वपूर्ण कागजात, खानेकुरा सहितको झटपट झोला तयारी अवस्थामा राख्न र विपत्ति आइपरेमा सुरक्षाकर्मी, रेडक्रसकर्मी, वडाका जनप्रतिनिधि वा नगरपालिकालाई खबर गर्न पनि विपद् श्रोतव्यक्ति न्यौपानेको आग्रह छ ।

SwadeshPost