रामधामको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित दक्षिण अयोध्यापुरीमा ‘दशरथ दरबार’ बन्ने

411
SwadeshPost

चितवन । रामधाम निर्माणस्थलको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित माडी-८, दक्षिण अयोध्यापुरीमा स्थानीयबासीहरु ‘दशरथ दरबार’ बनाउन कस्सिएका छन् ।

माडी-९ स्थित कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती प्रतिस्थापन भइसकेको छ । रामधामको निर्माणस्थलको टुङ्गो लागेकाले सोही धाम बनाउन दोश्रो बैंकल्पिक स्थानका रुपमा चर्चित दक्षिण अयोध्यापुरीबासीहरुले छुट्टै ‘दशरथ दरबार’को नयाँ प्रस्ताव अगाडि बढाएका हुन् । यसका लागि माडी-८, दक्षिण अयोध्यापुरीस्थित पुरातात्वीक महत्वका ईंटाहरु भेटिएको स्थानमा घेराबार गरी मन्दिर (दरबार) बनाई राजा दशरथ, रानी कौशल्या र रामको मुर्ती स्थापना गर्ने उनीहरुको भनाई छ ।

प्रस्तावित दरबारमा राख्नका लागि राजा दशरथ, रानी कौशल्या र रामको मूर्तिको निर्माण भने पुरा भइसकेको छ । माडीकै स्थानीय मुर्तीकार पार्वती विश्वकर्माले मुर्तीकार सूर्य मध्यरातको सहयोगमा दशरथ, कौशल्या र रामको मूर्ती निर्माण गर्नुभएको हो । तयारी अवस्थामा रहेको मूर्तीहरु आउँदो केहि हप्ताभित्र प्रतिस्थापन गर्ने योजना रहेको माडी-८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो ।

SwadeshPost