गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी

561
SwadeshPost

१७ ज्येष्ठ, चितवन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ ।

परिषद्को २०२१-२०२३ कार्यकालको अध्यक्ष पदका लागि माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा सुवेदीले विजय हासिल गर्नुभएको हो । अमेरिकामा रहेको गैरआवासीय नेपालीहरुको मतदानबाट ५१ बर्षीय सुवेदीले ५ हजार ६१८ मत पाउनुभयो । उहाँको निकटतम् प्रतिद्वन्दी कृष्ण लामिछानेले ५ हजार २०० तथा अन्य प्रत्याशीहरु डा. अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक के.सी.ले ५६७ मत पाउनुभएको थियो । सुवेदीले कूल मतको ३६ प्रतिशत मत पाउनुभएको हो ।

गैर आवासीय नेपालीहरुको विश्वव्यापी संस्था एन.आर.एन.मा अमेरिकास्थित विस्कन्सन राज्य च्याप्टरको संस्थापक अध्यक्ष हुँदै सहभागी हुनुभएका सुवेदी यसअघि एन.आर.एन.ए. एन.सि.सि. अमेरिकाको उपाध्यक्ष रहनुभएको थियो । उहाँले माडीको शैक्षिक, खेलकूद र सामाजिक क्षेत्रमा योगदान गर्नुका साथै माडीमा अयोध्या धाम निर्माणमा अग्रसर श्रीराम संस्थासंग समेत आवद्धता राख्नुभएको छ ।

SwadeshPost