सरकारले आ.व. २०७८/७९ का लागि माडी नगरपालिकालाई ४५ करोड ३८ लाख बजेट पठाउने

757
SwadeshPost

१७ ज्येष्ठ, चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७८/७९का लागि माडी नगरपालिकालाई गतबर्षकै हाराहारी अर्थात ४५ करोड ३८ लाख रुपैंया बजेट पठाउने भएको छ ।

सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत संघीय सरकारबाट माडी नगरपालिकालाई ४५ करोड ३८ लाख रुपैंया विनियोजन हुने भएको हो । यसमध्ये समानीकरण अनुदानस्वरुप १३ करोड १४ लाख, सशर्त अनुदानमा ३१ करोड ४१ लाख र विशेष अनुदानमा ८३ लाख रहेको भने समपुरक अनुदान शीर्षकमा बजेट रहेको छैन ।

चितवन जिल्लामा भरतपुर महानगरपालिकालाई १ अर्ब ६४ करोड २४ लाख, रत्ननगर नगरपालिकालाई ५३ करोड १३ लाख, राप्ती नगरपालिकालाई ४८ करोड ९७ लाख, खैरहनी नगरपालिकालाई ४२ करोड १३ लाख, कालिका नगरपालिकालाई ४० करोड २१ लाख र ईच्छाकामना गाउँपालिकालाई ३५ करोड ९७ लाख विनियोजन भएको देखिन्छ । यो बजेट २०७८ श्रावण १ गतेबाट कार्यान्वयनमा आउनेछ ।

SwadeshPost