१८ ज्येष्ठ, चितवन । कोरोना महामारीबिच अग्रपंक्तिमा रही काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई चितवन उद्योग संघ, भरतपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संघले आफ्नो माडी ईकाईमार्फत ईलाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र बघौंडा अस्पताललाई कोरोना संक्रमण रोकथाममा सघाउने स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रहरीहरुलाई मास्क, स्यानिटाइजर, पि.पि.ई., पानी र फेशशिल्ड तथा पत्रकारहरुलाई मास्क, स्यानिटाइजर र फेश शिल्ड प्रदान भएको हो ।
त्यस्तै, बघौंडा अस्पताललाई मास्क, स्यानिटाइजर, फेस शिल्ड, पि.पि.ई., ह्वील चेयर, ट्वाइलेट कुर्ची, पञ्जा लगायतका सामग्रीहरु प्रदान गरिएको संघका माडी ईकाई अध्यक्ष भोजराज खनालले जानकारी दिनुभयो । चितवनका उद्योगीहरुको छाता संस्थाका रुपमा चिनिने संघले अग्रपंक्तिमा कार्यरत निकायहरुलाई जिल्लाभरी नै स्वास्थ्य सामग्रीहरु प्रदान गरिरहेको छ ।