अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) ले अनलाइन कक्षाको नाममा शुल्क नलिन माडीका संस्थागत विद्यालयहरुलाई ध्यानाकर्षण

428
SwadeshPost

१८ जेठ, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) माडीले अनलाइन कक्षा सञ्चालनको नाममा पूर्ण शुल्क नलिन माडीका संस्थागत विद्यालयहरुलाई ध्यानाकर्षण गराएको छ । संगठनको माडी नगर कमिटिको बैठकले एक वक्तव्य जारी गर्दै कोरोना महामारीको समयमा अनलाइन कक्षा सञ्चालन भएकोमा समर्थन जाहेर गरेको छ । तर अनलाइन कक्षा चलाएकै नाउँमा पूर्ण शुल्क लिँदा विद्यार्थी र अभिभावकहरुमा आर्थिक भार थपिएको भन्दै पूरा शुल्क नलिन निजी विद्यालयहरुलाई सचेत गराएको हो ।

बैठकपश्चत संगठनका माडी नगर अध्यक्ष पदम विलाश पन्तले एक वक्तव्य जारी गर्दै शुल्क सम्बन्धमा सहजिकरण गरिदिन सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको छ । बैठकले माडीका शैक्षिक संस्थाहरूमा अध्ययनरत भइ हाल अलपत्र अवस्थामा रहेका विद्यार्थीहरूको लगत संकलन गरी आवश्यक सहयोग गर्ने पनि निणर्य गरेको जनाइएको छ ।

SwadeshPost