नेपाली काँग्रेस माडीले जग्गा खण्डिकरण र आर्थिक बिषयमा उठेका प्रश्नहरु उत्तरित गर्न माग

519
SwadeshPost

१९ जेठ, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले नगरपालिकासामु जग्गा खण्डिकरण र आर्थिक लगायतका बिषयमा उठेका प्रश्नहरु उत्तरित गर्न माग गरेको छ ।

काँग्रेसका नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले एक वक्तव्य जारी गर्दै खेतीयोग्य जमीन खण्डिकरण तथा सार्वजनिक जमीन आफ्नो नजिकका मान्छेलाई लीजमा दिएको बिषयमा प्रश्न गरेको हो । त्यसैगरी वक्तव्यमा, चौमासिक रुपमा सार्वजनिक गर्नुपर्ने हिसाब पारदर्शी नगरिएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै जनताले जान्ने र बुझ्ने गरी हिसाव सार्वजनिक गर्न माग गरिएको छ ।

यसबाहेक वक्तव्यमा नगरपालिकालाई चुनावी नाराको पाराले अगाडि बढेको, वडा कार्यालयसंग समन्वय नगरेको, आफ्नै पाराले उपभोक्ता समिति गठन गरेको, आवश्यकता भन्दा धेरै कर्मचारी नियुक्ति गरी आर्थिक भार बढाएको, छलफल र अनुसन्धान नगरी लहडमै बजेट खर्च गर्ने गरेको, अनावश्यक रुपमा नगर प्रहरी राख्न खोजेको, प्रत्यक्ष रुपमा जनता प्रभावित हुनेगरी विकास हुन नसकेको तथा शिक्षा ऐन लागु गर्ने कुरामा काँग्रेसको सुझावलाई लत्याइएको आरोप लगाइएको छ ।

SwadeshPost