माडीमा जग्गा खण्डिकरण गर्न सिफारिस दिँदा राखिएका तीनवटै सर्तहरुको कार्यान्वयन अधुरै

507
SwadeshPost

२० ज्येष्ठ, चितवन । भू-माफिया समूहलाई माडीमा जग्गा खण्डिकरण गर्न डेढ बर्षअघि सिफारिस दिँदा राखिएका तीनवटै सर्तहरुको कार्यान्वयन पुरा नभएको पाइएको छ ।

२०७६ पौष १४ गते माडी नगरपालिका कार्यालयमा जग्गा उपयोगिता निर्देशक समितिको बैठकले ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.लाई पर्यटकीय प्रयोजनका लागि जग्गा खण्डिकरण गर्न दिने सिफारिस गर्दै तीनवटा बाध्यकारी सर्तहरु राखेको थियो । निर्णयको प्रस्ताव नं. ३ मा माडीको धोबाहा गाउँमा एक बर्षभित्र रिसोर्ट सञ्चालन गर्ने र सोको लागि आवश्यक सबै प्रकारको मानवश्रोत माडीका नगरबासीहरुबाटै उपयोग गर्ने लेखिएको छ ।

त्यसैगरी सोमेश्वर पार्क क्षेत्रमा धर्मशाला निर्माणमा नगरपालिकालाई सहयोग गर्ने र माडी-४, सिधुवाको दक्षिणपट्टीको जमीनमा एक बर्षभित्र प्रस्तर मुर्ती सहितको पिकनिक स्थल निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गर्ने पनि लिखत गरिएको छ । तर सोही सिफारिसको कारण सयौं बिगाहा खेतीयोग्य जमीनको व्यवसायिक खण्डिकरण गरी करोडौं मुनाफा गरेको ट्वन्टी वान ग्रुप प्रपर्टी (प्रा.) लि.ले हालसम्म पनि तीनवटै सर्तहरु पुरा नगरेको पाइएको हो । सर्तहरु पुरा नगर्दै थप नयाँ खण्डिकरणको फाइल अगाडि बढेपछि हाल माडीमा चर्को बिरोध भइरहेको छ । (तस्वीरमा खण्डिकृत खेतीयोग्य जमीन)

SwadeshPost