गोहीको आक्रमणबाट पश्चिमी चितवनका एक पुरुषको मृत्यु

408
SwadeshPost

जेठ २४, चितवन । गोहीको आक्रमणबाट पश्चिमी चितवनस्थित ध्रुबघाट क्षेत्रमा एक पुरुषको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुन्जको छेउमा बग्ने राप्ती नदी किनारामा मगर जातको मगर गोहीको आक्रमणमा परी भरतपुर महानगरपालिका २५ बसकट्टाका छन्नुराम बोटेको गएराती मृत्यु भएको हो । चालू आर्थिक बर्षमा गोहीको आक्रमणबाट मृत्यु भएको यो नै पहिलो घटना हो ।

मृतक बोटे रातको समयमा राप्ती नदीमा माछा मार्न जाँदा गोहीले आक्रमण गरेको निकुञ्जले अनुमान गरेको छ ।यस आर्थिक बर्षमा निकुन्ज र यसको मध्यवर्ती क्षेत्रमा हात्तीको आक्रमणबाट ३, बाघको आक्रमणबाट ३, गैंडाको आक्रमणबाट पनि ३, गौरीगाईको आक्रमणबाट १, बँदेलको आक्रमणबाट १ र मगर गोहीको आक्रमणबाट १ जना गरी १२ जनाको ज्यान गइसकेको छ । निकुन्जमा बैशाखदेखि असारसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधीमा माछा मार्न निषेध गरिएको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जनाउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost