जग्गा खण्डिकरणका दोषीलाई कारवाहीको दबाबस्वरुप माडीका युवाहरुद्वारा सडक आन्दोलन गर्ने चेतावनी

201
SwadeshPost

चितवन । माडीमा जग्गा खण्डिकरण विवाद चर्कंदै जाँदा दोषीलाई कारवाही गराउने दबाबस्वरुप स्थानीय युवाहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

हामी युवा नामको युवा समूहले एक वक्तव्य प्रकाशित गरी कित्ताकाट सम्बन्धमा भएका सबै गलत काम, सिफारिस र निणर्यहरुको उचित छानबिन गरी कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गरेको हो । सो बिषयमा दोषी जो कोहि भए पनि उन्मुक्ति पाउन नुहने भन्दै वक्तव्यमा दोषीलाई लुकाउने कार्य भएमा युवाहरु स्वतस्फूर्त रुपमा सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।

परिचय नखुलाई सार्वजनिक भएको वक्तव्यमा युवाहरु सधैं माडीको समुचित विकासका लागि सकारात्मक आवाज उठाउन तयार रहेको भन्दै खेतीयोग्य जमिनको व्यवसायिक खण्डिकरण र कित्ताकाट सम्बन्धी बिवाद चर्किएकोमा ध्यानाकर्षण भएको समेत लेखिएको छ ।

SwadeshPost