बाढीले माडी-१, बरुवामा कटान गर्दा बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती

166
SwadeshPost

०२, असार चितवन । चितई खोलामा आएको बाढीले माडी-१, बरुवामा कटान गर्दा बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती पुगेको छ । दुई दिनदेखि परिरहेको बर्षाको कारण चितई खोला बाढीग्रस्त भएको हो । बाढीले खोलामा पुल निर्माणका क्रममा बनाइएको डाइभर्सन बगाउँदा नारायणगढ माडी ठोरी हुलाकी सडक नै अवरुद्ध हुने अवस्था बनेको छ । बाढीले चौर छेउको मेसजाली समेत बगाएको र स्टार खेलकूद चौरपट्टी करीब २० मिटर कटान गरिसकेको स्थानीय युवा अगुवा सञ्जय महतोले जानकारी दिनुभयो ।

यसैबिच, बाढीले खेलमैदान सहित जमीन कटान सुरु गरेसंगै वडाध्यक्ष कृष्ण पौडेल समेतको अगुवाईमा पुलमुनीबाटै खोला बगाउने प्रयास सुरु भएको छ । पुल ढलानका लागि राखिएका पाइपहरु हटाई पुलमुनीबाटै पानी बगाउने प्रयासमा स्थानीय युवाहरु खटिएका हुन् ।

SwadeshPost