कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध

640
SwadeshPost

०२ असार, चितवन । माडीको देबेन्द्रपुर बजारबाट इन्टरनेट सेवा प्रदान गरिरहेको कस्मिक नेटको टावरमा चट्याङ पर्दा सो कम्पनीको इन्टरनेट सेवा अवरुद्ध हुनपुगेको छ ।बर्षा चलिरहँदा सोमबार दिउँसो करीब ४ बजे देबेन्द्रपुर क्षेत्रमा परेको चट्याङका कारण कस्मिक नेटको सेवा अवरुद्ध हुनपुगेको हो । कम्पनीका सञ्चालक सलिन घिमिरेले चट्याङका कारण करीब दश लाख रुपैंया बराबरका फाइबर र वायरलेश लिंकका सामानहरु बिग्रिएको र यसबाट करीब ६०० उपभोक्ताहरु प्रभावित भएको बताउनुभयो ।

बिग्रिएका सामानहरु काठमाडौंबाट आउने क्रममा रहेको र एकदुई दिनमा सेवा सुचारु हुने सञ्चालक घिमिरेको भनाई छ । चट्याङका कारण देबेन्द्रपुर क्षेत्रका केहि घरहरूमा समेत विद्युतय सामग्रीहरूमा क्षती पुगेको छ ।

SwadeshPost