माडी क्षेत्रमा कोरोना संक्रमित बिरामीहरुले धान रोप्ने र घरबाहिर काम गर्ने गरेको भेटियो

324
SwadeshPost

असार २०, चितवन । माडी क्षेत्रमा कोरोना संक्रमित भएका बिरामीहरुले समेत धान रोप्ने र घरबाहिर काम गर्ने गरेको भेटिएको छ ।

शुक्रबार कोरोना पुष्टी भएकाहरुमध्ये ३ जना र आइतबार कोरोना पोजेटिभ नतिजा आएकामध्ये एकजना धान रोप्दै गर्दा असहज भएपछि बघौंडा अस्पताल ल्याइएका हुन् । अस्पतालमा भएको एन्टीजिन परीक्षणमा उनीहरुमा कोरोना पुष्टी भएको हो । त्यसैगरी होम आइसोलेशनमा अरुभन्दा छुट्टै रहनुपर्नेहरु घरायसी कामकाज र घरबाहिर सामान खरिद लगायतका कामका लागि निक्लने गरेको पनि भेटिएको हो ।

संक्रमण पुष्टी भएकाहरुले समेत होम आइसोलेशनका नियमहरु कडाइपूर्वक पालन नगर्दा समस्या बढेको बघौंडा अस्पताल अन्गरगतको कोरोना फिभर डेस्क प्रमुख डा. आलोक कुमार बताउनुहुन्छ । हाल माडीमा सक्रिय संक्रमितको संख्या ५० भन्दा बढी रहेको छ । बघौंडा अस्पतालको आइसोलेशन उपचार केन्द्रमा ४ जना रहेका छन भने अन्य सबै होम आइशोलेशनमा रहेका छन । हालसम्म माडीभर करीब ६०० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

SwadeshPost