बज्रगुरु कन्स्ट्रक्सनको निरन्तर वेवास्ता, माडीमा हुलाकी बाटो कालोपत्रे गर्ने काम अति सुस्त

316
SwadeshPost

२३ असार, चितवन । पूर्वी माडीको जीवनपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सनले बाटो निर्माण कार्यमा निरन्तर वेवास्ता गरेको छ ।

माडी ८, जीवनपुर हाइटदेखि माडी ९ बगहीँस्थित बसपार्कसम्म कालोपत्रे बाटो बनाउने ३२ महिने ठेक्का पाएको बज्रगुरुले सुरुवाती २० महिना स्ट्रक्चर निर्माणका लागि भन्दै सानातिना काम गर्दै गुजारेको छ । हालसम्म सडकको स्ट्रक्चर बनाउने, कल्भर्ट बनाउने, बाटोको दुबैतर्फ वाल उठाउने लगायतका काम चलिरहेपनि निर्माणकार्य भने अति सुस्त रहेको माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले जनाउनुभयो ।

योजना अन्तरगत बगहीँ क्षेत्रमा हालसम्म कुनै काम सुरु हुनसकेको छैन । निर्माण अवधी सकिन १ बर्षमात्रै बाँकी रहँदा पनि ठेकेदारको लापरवाहीका कारण कछुवाको गतिमा काम भएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । सडक निर्माणमा बिलम्ब भइरहँदा सडकछेउ बस्दै आएका स्थानीयवासीले धुलो र हिलोको मार खेपिरहेका छन् भने राम्रो डाइभर्सन नहुँदा सवारी आवागमन समेत प्रभावित हुँदै आएको छ । (तस्वीरमा निर्माणाधीन अवस्थाको हिलाम्य हुलाकी सडक)

SwadeshPost