रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु

339
SwadeshPost

२५, असार चितवन । रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु भएको छ । बाढीग्रस्त नदीमा डुब्दा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका निवासी अन्दाजी २२ बर्षका हिक्मत शाहीको मृत्यु भएको हो ।

उनी अन्य पाँचजना सहपाठी साथीहरुसंगै दिउँसो १२:३० बजे रीउ नदीमा पौडी खेल्न पुगेका थिए । पौडन सिक्ने क्रममै रहेका उनी नदीको गहिरो भागमा पुग्दा ज्यान गुमाएका हुन् ।

माडी–३, सिमरामा हिलोमा गाडिएको अवस्थामा उनको शव भेटिएको हो । मृतक शाही दिवाकर स्मृति प्राविधिक शिक्षालय, माडी–६, हरिनगरमा पशु विज्ञान डिप्लोमा दोश्रो बर्षमा अध्ययनरत थिए । बिहीबार भारी बर्षा भएसंगै रीउ नदीमा पानीको बहाव उच्च रहेको छ । (तस्वीर: शाहीको शव र शव भेटिएको स्थान)

SwadeshPost