आफू जनमतले नभई सर्वोच्चको परमादेशले बिदा भएको निवर्तमान प्र.म. ओलीको टिप्पणी

175
SwadeshPost

चितवन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको जनमतले नभई सर्वोच्चको परमादेशले बिदा भएको टिप्पणी गर्नुभएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट बिदाई सम्बोधन गर्दै ओली अदालतमाथि खनिनुभएको हो । अदालतको फैसलाले दलीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाएको भए पनि आफूले पालना गर्ने उहाँको भनाई थियो । आदेशबाट संबिधान शंसोधन हुन पुगेको भन्दै उहाँले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई हटाउँदै नयाँ नियुक्ति गरेको अभिव्यक्ति दिनुभयो ।

यसअघि अदालतले राजनीतिक विषयका मुद्दामा हातै नहाल्ने नजिर रहेको दाबी गर्दै ओलीले अदालतले माग दाबी नभएका विषयमा समेत फैसला दिएको आरोप लगाउनुभयो । सम्बोधनका क्रममा समयमै निर्वाचन नहुने आंशका व्यक्त गर्दै ओलीले जनताको बीचमा जाने दिन धेरै कुराको फैसला हुने बताउनुभयो । आफू लोकतन्त्रका लागि जेलनेल सहेको भन्दै उहाँले अझै पनि जनताकै लागि लडिरहने बताउनुभयो ।

SwadeshPost