नारायणगढ माडी ठोरी रुटका बसहरुले भाडा २६ देखि २८ प्रतिशतसम्म बढाए

367
SwadeshPost

२ श्रावण, चितवन । नारायणगढ माडी ठोरी रुटका सार्वजनिक बसहरुले सवारी भाडा २६ देखि २८ प्रतिशतसम्म बढाएका छन् ।

बढेको भाडादर अनुसार भरतपुरसम्मको यात्रामा माडीको बगहीँबाट १९२, कृष्णनगर टम्टाबाट १७६, खरकट्टाबाट १७४, देबेन्द्रपुरबाट १६६, कीर्तनपुरबाट १५७, कल्याणपुरबाट १५३, बसन्तपुरबाट १४०, चिरौलीबाट १३४, बरुवाबाट १२८, सेरुवा गर्दीबाट ११५ र बनकट्टाबाट १०८ रुपैंया तिर्नुपर्ने भएको छ । यसअघि कायम भाडादरभन्दा सो दररेट २६ देखि २८ प्रतिशतसम्म बढेको हो ।

यसअघि, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशतसम्म भाडादर बढाउने निर्णय गरेको थियो । सो भाडादर दुई प्रदेशबिच चल्ने लामा तथा मझौला रुटको सवारीको हकमा मात्रै लागु हुन्छ । प्रदेशभित्र स्थानीय रुटमा चल्ने सवारीमा प्रदेश मन्त्रालयबाट भाडादर तोकिने व्यवस्था छ तर पुरानो नारायणी यातायात कम्पनीले भने आन्तरिक परिपत्रबाटै भाडा बढाएको हो ।

SwadeshPost