माडीमा हुलाकी मार्गका २ वटा पुल सञ्चालनमा, थप २ वटा पुल सञ्चालन उन्मुख

आउँदो हिउँदमा प्रचण्डले माडीका पुलहरुको सामुहिक उद्घाटन गर्नुहुने

532
SwadeshPost

९ श्रावण, चितवन । माडीमा निर्माणाधीन एक दर्जन पुलहरुमध्ये २ वटा सञ्चालनमा आइसकेका छन् भने थप २ वटा पुलहरु २ महिनाभित्रै सञ्चालनमा आउने भएका छन् ।

नारायणगढ माडी ठोरी जोड्ने हुलाकी सडक अन्तरगत माडीको रिमाल र परुई खोलाका पुलहरुको निर्माण पुरा भई सञ्चालनमा आइसकेका हुन् । सो मार्गमै रहेका निर्माणाधीन चितई र रौतने खोलाका पुलहरुको ढलान पुरा भई साइड फिलिङ गर्न बाँकी रहेकोमा २ महिनाभित्रै दुबै पुल सञ्चालनमा आउने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । माडीका साँसद समेत रहनुभएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो हिउँदमा माडीका पुलहरुको सामुहिक उद्घाटन गर्नुहुने नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

स्वदेशसंग कुराकानी गर्दै ढकालले आफूहरुलाई बिधी र प्रक्रिया मिचेको आरोप लाग्ने गरेको तर, प्रक्रियालाई मात्रै ध्यान दिएको भए हाल निर्माण सकिएका पुलहरुको यतिखेर शिलान्यास पनि हुने अवस्था नरहेको हुने जिकीर गर्नुभयो । पुलहरुको वातावरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.) को प्रक्रिया पनि अगाडि बढेको र संगसंगै निर्माणकार्य पनि अगाडि बढाउन समन्वय र सहजिकरण गर्दै आएको उहाँको भनाई थियो ।

SwadeshPost