घाँघर खोलाको बाढीबाट पोखरीको डिल भत्किनुका साथै ३५ क्विन्टल माछा बग्यो

805
SwadeshPost

९ श्रावण, चितवन । मध्यपूर्वी माडीमा घाँघर खोलाको कटानबाट तल्लो कान्तिपुरमा एक पोखरीको डिल भत्किनुका साथै करीब ३५ क्विन्टल माछा बगएको छ ।

युवा व्यवसायीहरु कृष्ण दाहाल, सुवास सुनार, शुसिल देवकोटा र निशान पौडेलले स्थापना गर्नुभएको बैकुण्ठेश्वर एकीकृत कृषि फर्म (प्रा.) लि.को माछा पोखरीमा गत बिहीबार बाढीले क्षती गरेको हो ।

१२ कठ्ठा क्षेत्रफलमा फैलिएको सो पोखरीमा बेच्न तयार अवस्थाका ३५ सय माछा रहेकोमा बाढीले बगाएको छ । बाढीका कारण खोलाले धार बदल्दै १३० मिटर जमीन कटान गरी पोखरीको डिल भत्काएको युवा व्यवसायी दाहालले जानकारी दिनुभयो ।

SwadeshPost