माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक भरतपुरको चोकबजारबाट पक्राउ

1.07K
SwadeshPost

१२ श्रावण, चितवन । माडीमा सोमबार दिउँसो बालिका बलात्कार गरी फरार भएका एक युवक भरतपुरको चोकबजारबाट पक्राउ परेका छन् ।

माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो २ बजे बलात्कार गरी फरार भएका भारत आसाम निवासी ३० बर्षीय कृष्ण बि.क. आज मंगलबार बिहान ८ बजे पक्राउ परेका हुन् ।

घटनाको करीब साढे चार घण्टापछि मात्रै प्रहरीलाई सो बारे जानकारी भएकोमा साँझदेखि रातभर खोजी अपरेशनमा परिचालन भएको माडी प्रहरीले अभियुक्तलाई लुकिछिपी भागिरहेको अवस्थामा भरतपुरस्थित चोकबजारबाट नियन्त्रणमा लिन सफल भएको हो । बलात्कृत बालिकालाई प्रहरीले राती नै मेडिकल चेकजाँच गराई संरक्षणमा राखेको छ र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

बलात्कारका अभियुक्त, नेपाली मूलका भारतीय नागरिक रहेका बि.क. विगत डेढ बर्षदेखि माडी-१ स्थित ससुराली घरमा बस्दै आएका थिए । पछिल्लो दुई सातादेखि उनी भरतपुर-माडी-ठोरी रुटको बसमा सह-चालकको काम गरिरहेको खुलेको छ ।

SwadeshPost