माडीमा कोरोना संक्रमितहरु सार्वजनिक बसबाटै अस्पताल आउने र घर फर्कने गर्दै

423
SwadeshPost

१२ श्रावण, चितवन । सार्वजनिक यातायात चल्न सुचारु भएसंगै माडी क्षेत्रमा कोरोना संक्रमितहरु बसमै चढी अस्पताल तथा बजार आउने र घर फर्किने गरेको भेटिएको छ ।विगतमा स्वास्थ्य परीक्षणका लागि एम्बुलेन्स मार्फत अस्पताल आउने गरेकोमा हाल बसमै चढी मास्क समेत नलगाई खुला रुपमै ज्वरोका बिरामी र संक्रमितहरु आउनेजाने गरेको भेटिएको हो । यसरी यात्रा गर्दा अरुमा संक्रमण फैलने उच्च जोखिम रहेको नगर स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले बताउनुभयो ।यसैबिच, कोरोना संक्रमितहरु सार्वजनिक बसमै यात्रा गरेको पाइएसंगै माडी नगरपालिकाले संक्रमितहरुका लागि पुनः नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ । कहिँकतै कसैमा कोरोनाको लक्षण देखिए अस्पतालमा फोन गर्दा स्वास्थ्य जाँचको लागि घरमै स्वास्थ्यकर्मीहरु आउने र आवश्यक परे एम्बुलेन्समार्फत अस्पताल ल्याउने प्रवन्ध गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । (सम्पादित फोटो)

SwadeshPost