प्रदेश सरकारद्वारा माडीमा रीउ करिडोरका लागि २ करोड ५० लाख रुपैंया बजेट बिनियाेजन

271
SwadeshPost

१६ असार, माडीको बहुप्रतीक्षित प्रदेश सरकारले रीउ करिडोरका लागि नदी नियन्त्रण लागि बागमती प्रदेश सरकारले चालू बर्ष २ करोड ५० लाख रुपैंया बजेट छुट्याएको छ ।

प्रदेश सरकारले रीउ करिडोरका लागि नदी नियन्त्रण शीर्षकबाट २ करोड र सशर्त अनुदान शीर्षकबाट ५० लाख रुपैंया राखेको हो । हरेक बर्ष आउने बाढीका कारण जनधनको क्षती गर्दै आएको रीउको तटबन्धन गरी त्यसमाथि सडक मार्ग निर्माण लगायतको कार्यलाई रीउ करिडोरका रुपमा चिनाउने गरिएको छ । यद्यपि करिडोर निर्माणका लागि यसबर्षको बजेट समेत अति न्यून रहेको जानकारहरु बताउँछन् ।

यसबाहेक माडी ७ मा परुई खोला नियन्त्रणका लागि २० लाख, माडी ३ मा मगोइ खोला नियन्त्रणका लागि ३० लाख, माडी ९ मा घाँघर खोला नियन्त्रणका लागि ३० लाख, माडी १ मा अजिंगरे डाङ्ग्रे खोला तटबन्धनका लागि २५ लाख र माडी ८ मा टुनामुना खोला नियन्त्रणका लागि १५ लाख बजेट विनियोजन भएको छ । यसैगरी सशर्त अनुदान अन्तरगत माडी ८ र ९ मा घाँघर खोला तटबन्धनका लागि थप ५० लाख रुपैंया समेत छुट्याइएको छ । (फाइल फोटो)

SwadeshPost