माडीका बयोबृद्ध शिक्षक एवं शिक्षासेवी चन्द्रकान्त काफ्लेको ७९ बर्षको उमेरमा निधन

301
SwadeshPost

१६ श्रावण, चितवन । माडीसंगै पर्वत जिल्लाका विभिन्न स्थानमा शिक्षाको ज्योति बाल्न महत्वपूर्ण भूमिका निभाउनुभएका बयोबृद्ध शिक्षक चन्द्रकान्त काफ्लेको ७९ बर्षको उमेरमा निधन भएको छ ।

१९९८ साल साउन २ गते पर्वत उराममा जन्मनु भएका दिवंगत शिक्षक काफ्लेको शनिवार दिउँसो ४ बजे माडी ५, रमाइलोडाँडास्थित निवासमै निधन भएको हो। काफ्लेको परिवार २०२० सालमा पर्वतबाट माडी बसाई सरेको थियो । उहाँले चितवनको माडीमा बालकक्षा सञ्चालन तथा पर्वत जिल्लाका उराम र पैंयु क्षेत्रमा विद्यालय स्थापना र सञ्चालन गरी शिक्षा सेवा गर्नुभएको हो ।

उहाँको योगदानको कदरस्वरुप उहाँकै नाउँमा पर्वतको उराम क्षेत्रमा श्री चन्द्र मा.वि. र पैंयु क्षेत्रमा समेत श्री चन्द्र मा.वि. नाउँका दुईवटा माध्यमिक विद्यालयहरु सञ्चालनमा रहेका छन् । उहाँ भने दुबै स्थानमा निरन्तर पुगी शिक्षा क्षेत्रमै स्वयम्सेवी रुपमा समर्पित रहँदै आउनुभएको थियो । दिवंगत शिक्षकको शैक्षिक योगदानको कदर गर्दै स्वदेश एफ.एम.ले गुरुपूर्णिमाको अवसर पारी गतबर्ष उहाँलाई सम्मान समेत गरेको थियो ।

SwadeshPost