अयोध्यापुरीको गुरुयोजना निर्माणका लागि बागमती प्रदेश सरकारद्वारा बजेट विनियोजन

303
SwadeshPost

चितवन । बागमती प्रदेश सरकारले ‘माडीको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय शहरको रुपमा विकास गर्न गुरुयोजना निर्माण’का लागि १० लाख रुपैंया विनियोजन गरेको छ ।

प्रदेश सरकारले चितवन क्षेत्र नं. ३ (ख) का लागि सुचिकृत गरेका कार्यक्रमहरुको सुचीमा अयोध्याधाम समेत अँटाएको हो । अयोध्या परियोजना अन्तरगत नै हनुमानझुला पार्क निर्माणका लागि २० लाख, बैकुण्ठ क्षेत्रमा रामसीता उद्यान निर्माणका लागि २० लाख र अयोध्या बाटिका पूर्वाधार निर्माणका लागि समेत २० लाख रुपैंया बजेट राखिएको छ ।

यसबाहेक राम मन्दिर निर्माण स्थलको संरक्षण तथा तटबन्धन कार्यको लागि छुट्टै २० लाख रुपैैया समेत विनियोजित रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलको सचिवालयले जनाएको हो । अयोध्याधाम परियोजनाका लागि संघीय सरकारले समेत छुट्टै बजेट विनियोजन गरेको छ, तर त्यसको खर्च उपशीर्षक वा कार्यक्रम भने सार्वजनिक भइसकेको छैन । (फाइल फोटो

SwadeshPost