सांसद कार्यकालभित्रै माडी बाँदरझुलाको सुकुम्बासी समस्या हल गरिसक्ने प्रचण्डको आश्वासन

256
SwadeshPost

१८ श्रावण, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सांसद कार्यकालभित्रै माडी बाँदरझुलाको सुकुम्बासी समस्या हल गरिसक्ने आश्वासन दिनुभएको छ ।

माडी-९, बाँदरझुलाका युवाहरुको एक प्रतिनिधीमण्डलले राजधानी काठमाडौंमा गरेको भेटसम्वादका माडीका सांसद समेत रहनुभएको प्रचण्डले सो कुरा बताउनुभएको हो । बाँदरझुलासंगै माडीको सुकुम्बासी समस्यालाई आफूले गम्भीर रुपमा लिएको बताउँदै उहाँले मन्त्रीमण्डल विस्तार भएसंगै सम्बन्धित विभागमा पत्र पठाउने र भूमि सम्बन्धी समस्या समाधान आयोगलाई पूणर्ता दिई जनपक्षीय ढंगबाट काम अगाडि बढाइने जनाउनुभएको हो ।

बाँदरझुलाका पाँचजना युवाहरु मोहन स्याङ्तान, मदन मोक्तान, रामसिंह थिंग, महेश मोक्तान र विकास मोक्तानले राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे लगायतका नेताहरुसहित प्रचण्डलाई भेटसम्वाद गर्नुभएको हो । अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसालसंग समेत भेट गरेका युवाहरुले बाँदरझुलामा बिद्युत बिस्तार गर्नुपर्ने, ट्रयाक्टर लगाई खेतीपाती गर्न वा खनजोत गर्न खुला हुनुपर्ने, बन र बस्तीका बिचमा सिमांकन गरी सोलार फेन्स गरिनुपर्ने, ठाडा खोलाहरु तटबन्धन तथा ठोरी माडी हुलाकी सडक बाँदरझुला बस्ती हुँदै बनाई बाँदरझुलालाई नमुना बस्तीका रुपमा विकास गरिनुपर्ने माग उठाएका थिए ।

SwadeshPost