जिल्ला प्रशासन कार्यालय चितवनले निशेधाज्ञाको पालना नभए कडा लकडाउन हुनसक्ने संकेत

131
SwadeshPost

२० असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर कोरोना संक्रमणको दर बढिरहेकाले सर्वसाधारणले निषेधाज्ञाको पालना गर्नुपर्ने र नगरे कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

प्रशासनले एक सुचना जारी गर्दै निशेधाज्ञाको पालना नभए कडा लकडाउन हुनसक्ने संकेत गरेको हो । पछिल्लो समय चितवनमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएको छ । तर संक्रमणको दर बढिरहेकोबारे जानकार भएर पनि समाजकै जिम्मेवार व्यक्तिहरुबाटै सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाड जन्य गतिविधि बढ्दै गएको प्रशासनले बताएको छ ।

सर्वसाधारणले मास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी कायम नभई जोखिम निरन्तर बढ्दै गएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । निषेधाज्ञाको अवज्ञा हुने तथा जोखिम बढाउने गरे/गराईको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी दिएको हो । तर अति खुकुलो निशेधाज्ञा लागु गरेको प्रशासनले त्यसको अनुगमन र कार्यान्वयनमा भने विशेष ध्यान दिएको देखिँदैन ।

SwadeshPost