माडी नगर क्षेत्रमा आउँदो तीज पर्व लगत्तै विद्यालयमा नै भौतिक कक्षा सञ्चालन हुने

404
SwadeshPost

१७ भदाै, चितवन । माडी नगर क्षेत्रमा आउँदो तीज पर्व लगत्तै विद्यालयमा नै भौतिक कक्षा सञ्चालन हुने भएको छ ।

माडीका प्रधानाध्यापकहरुको बैठकले नेपाल सरकारबाट निर्माण हुने कार्ययोजना बमोजिम भौतिक रुपमा विद्यालयमा नै पठनपाठन सञ्चालन गर्न आवश्यक तयारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर घट्दै गएको हालको सन्दर्भमा आउँदो तीजपर्व लगत्तै भौतिक रुपमा स्कुल खुला गर्ने निर्णय गरिएको माडी नगरपालिका शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले बताउनुभयो ।

यसबाहेक बैठकले भदौ २० गतेभित्र शिक्षकहरुले सम्पत्ति विवरण बुझाइसक्नुपर्ने, विद्यालयहरुले भदौ महिनाभित्रै सामाजिक परीक्षण गरिसक्नुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन बाँकी रहेका विद्यालयहरुमा तत्कालै गठन गर्ने, विद्यालय बाहिर रहेका बालबालिकाको विवरण लिने र शिक्षकको क्षमता बढाउन तालिम सञ्चालनको तयारी गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै, विद्यालयको परिचय, इतिहास, शिक्षक विवरण, विद्यार्थी विवरण, वि.व्य.स., शि.अ.सं., असल अभ्यास आदि समेटेर विद्यालयको बुलेटिन प्रकाशन गर्ने निर्णय समेत गरिएको जनाइएको शिक्षा प्रमुख ढकालले जनाउनुभयो । (फाइल फोटो)

#स्वदेश न्युज डेस्क
२०७८ भाद्र १७ बिहीबार बिहान ०८:४३ मा प्रकाशित

SwadeshPost