ब्लड क्यान्सर पीडित ६ बर्षीया अनुष्काको उपचार सहयोग संकलन अभियान सुरु

237
SwadeshPost

चितवन । ब्लड क्यान्सर पीडित भई भरतपुरमा उपचार गराइरहेकी माडीकी ६ बर्षीया बालिका अनुष्का महतोको उपचार सहयोगार्थ सहयोग संकलन अभियान सुरु भएको छ ।

उपचारमा सघाउन माडी २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल, बालिकाकी आमा बालकुमारी महतो र स्थानीय युवा अभियन्ता सञ्जय महतोको नाउँमा सामुहिक बैंक खाता खोली सहयोग संकलन अभियान सुरु भएको हो । अभियानको मुल समितिमा उहाँत्रयसंगै रबिन्द्र सिंह ठकुरी, कृष्ण रानाभाट, सबिना लामिछाने अधिकारी, नवीन घिमीरे लगायतको सहभागिता रहेको छ ।

माडीको बरुवा नजिकै ध्रुब गाउँ निवासी निम्न आर्थिक अवस्थाका हरिराम महतोका छोरी महतोको हाल भरतपुरस्थित बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार जारी रहेको छ । उनको उपचारका लागि थप १० लाखभन्दा धेरै खर्च लाग्ने अस्पतालको भनाई छ ।

बिरामी बालिकाको उपचार सहयोगार्थ स्वदेश र प्रवासमा रहेका सहयोगदाता व्यक्ति वा संस्थाहरुले राष्ट्रिय बाणिज्य बैंक माडी शाखाको खाता नम्बर 146010000003001H मा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको हो । (थप जानकारीका लागि वडाध्यक्ष ढकाल (+977-9855065202)लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

SwadeshPost