कात्तिक ७ र ८ गते चितवनका ६३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

234
SwadeshPost

२ कार्तिक, चितवन । माडीका ५ हजार सहित चितवनका ६३ हजारभन्दा बढी बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने भएको छ ।

६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या माडीमा ४ हजार ९ सय २८ र जिल्लाभर ६३ हजार ३७५ रहेको छ ।

जिल्लाका ४६१ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने तिवारीले जानकारी दिनुभयो । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उहाँले बताउनुभयो । हरेक वर्ष कात्तिक २ र ३ गते हुँदै आईरहेको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम यस वर्ष दशैंका कारण केही पछि सारेर कात्तिक ७ र ८ गते गरिएको हो ।

SwadeshPost