कार्तिक १७ गतेदेखि माडीको बसन्तपुरमा दीपावली कप नकआउट फुटबल प्रतियोगिता चल्ने

389
SwadeshPost

चितवन । आउँदो तिहार, छठ र हरिबोधनी एकादशी पर्वहरुको सन्दर्भ पारी माडीको बसन्तपुर बजारमा आयोजित दीपावली कप नकआउट फुटबल प्रतियोगिता कार्तिक १७ गतेदेखि सुरु हुने भएको छ ।

बसन्तपुरस्थित साइड नेपाल (क्लब)को आयोजनामा कार्तिक १७ देखि मंसिर १ गतेसम्म माडीको बसन्तपुर बजारस्थित माडी मा.वि.को चौरमा फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागिताका लागि आउँदो कार्तिक १२ गतेभित्र टिमदर्ताको समयसीमा राखिएको आयोजक संस्था सम्बद्ध रामु क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार मेडल र प्रमाणपत्रसहित क्रमशः रु १ लाख ११ हजार १११ र ५५ हजार ५५५ रहेको छ । त्यस्तै, हरेक खेलका म्यान अफ द म्याच, सर्बाधिक गोलकर्ता, सर्बोत्कृष्ट खेलाडी, सर्बोत्कृष्ट गोलकिपर, सर्बोत्कृष्ट डिफेन्स, सर्बोत्कृष्ट मिडफिल्ड र सर्बोत्कृष्ट प्रशिक्षकलाई समेत नगद सहित पुरस्कृत गरिने आयोजकले बताएको छ । प्रतियोगिताको प्रवर्धकमा माडी नगरपालिका र नगर युवा खेलकूद तथा साँस्कृतिक समिति रहेका छन् भने अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost