नेकपा एमालेका अध्यक्ष के.पी. ओली माडी आउने

403
SwadeshPost

0७८ कार्तिक १२ । चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. ओली अयोध्याधामको स्थलगत अवलोकनका लागि माडी आउनुहुने भएको छ ।

यहि कार्तिक १५ गते साेमबार आयोजित नेकपा एमाले भरतपूर महानगर कमिटीको महाधिवेशनको उद्घाटन लागि चितवन आउन लाग्नु भएका अध्यक्ष ओलीले कार्तिक १६ गते बिहान ११ बजे माडीको अयोध्याधाम लगायतका क्षेत्रमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका माडी नगर कमिटी अध्यक्ष रेशमलाल आचार्यले जानकारी दिनुभयो ।पूर्व प्रधानमन्त्री

के.पी. ओलीले रामको जन्मस्थानका रुपमा माडीको अयोध्यालाई चिनाउँदै राममन्दिर निर्माणको अभियान थाल्नुभएको थियो । त्यसै क्रममा राम, सीता, लक्ष्मण र हनुमानका पूणर्कदका प्रस्तर मुर्तीहरु ल्याई प्रतिस्थापन समेत भइसकेको छ ।

SwadeshPost