शोभाखर काफ्ले स्मृति कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन

375
SwadeshPost

१८ मंसिर चितवन । माडी-२, भैरवपुरमा आउँदो मंसिर २४ गतेदेखि माडी नगरस्तरीय शोभाखर काफ्ले स्मृति कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ ।

ज्ञानज्योति युवा क्लब, भैरवपुरको आयोजनामा भैरवपुरको फुटबल चौरमा सञ्चालन हुने सो खेल प्रतियोगितामा माडी भरीका २५ वटासम्म फुटबल टोली वा क्लबहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । भैरवपुर गाउँका सामाजिक अगुवा, गाउँमा हरेक जसो विकास निर्माण कार्यका पहलकर्ता, तात्कालीन भैरवपुर आधारभूत विद्यालयका लामो समयकालका व्यवस्थापन समिति अध्यक्ष एवं बुद्धिजीवि व्यक्तित्व दिवंगत शोभाखर काफ्लेको स्मृतिमा क्लबले नियमित फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको आयोजक क्लबका अध्यक्ष सुमन न्यौपानेले जनाउनुभयो ।

प्रतियोगिताका विजेता र उप-विजेताले शिल्ड, मेडल र प्रमाणपत्रका साथ क्रमशः नगद रु. १ लाख १११ र ५० हजार १११ प्राप्त गर्ने तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost