राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले ‘कम्युनिष्ट विचार धारका मानिसहरुले राम लक्ष्मणको पुजा गर्न थालेको’ टिप्पणी

117
SwadeshPost

पाैष ०४, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष विक्रम पाण्डेले ‘कम्युनिष्ट विचार धारका मानिसहरुले माडीमा राम लक्ष्मणको पुजा गर्न थालेको’ टिप्पणी गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ प्रदेश ‘ख’ र माडी नगर कार्यसमितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पाण्डेले बाबुआमाको काजक्रिया नगर्ने व्यक्तिहरुले माडीमा मुर्ती प्रतिस्थापन गरी राम लक्ष्मणको पुजा गर्न थालेको टिप्पणी गर्नुभएको हो ।

नेपाललाई संघीयताको नाममा कित्ताकाट गरिएको भन्दै नेता पाण्डेले बिशाल नेपाल बनाउने पृथ्वीनारायणको सन्ततिलाई ‘मेरो राजा’ र ‘म राजावादी’ भन्न नपाउने तर चाइनामा जन्मेको माओत्सेतुङलाई मान्दै माओवाद भनेर हिँड्न पाइने अवस्था रहेको कटाक्ष गर्नुभयो ।

आफ्नो पालामा माडीमा हुलाकी मार्गको विस्तार, पुलहरूको ठेक्का तथा मालपोत र नापी जस्ता प्रशासनिक कार्यालयहरुको स्थापना गरेको उहाँको जिकीर थियो ।कार्यक्रममा माडीका राप्रपा नेता कार्यकर्ता तथा स्थानीयहरुले उपाध्यक्ष पाण्डेलाई स्वागत गरेका थिए । कार्यक्रममा करीब १५ जना अन्य पार्टी छाडी राप्रपा प्रवेश समेत गरेका थिए । तात्कालीन दोश्रो संबिधानसभामा माडीबाट निर्वाचित सभासद समेत रहनुभएका पाण्डे हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा सर्वाधिक मतले विजयी हुनुभएको हो ।

SwadeshPost