उम्मेदवारहरुको समानुपातिक कोटामा नेता भन्दा व्यापारीहरु अधिक

411
SwadeshPost

राजनीतिक दलहरुले आफ्नो अस्तित्व रक्षार्थ आफुनिकटका व्यवसायिक कुल घरानाका व्यक्तिहरुलाई मात्र समानुपातिक उम्मेदवार बनाएका छन ।

केही समय अघि मात्र एमाले हुदै कांग्रेस प्रवेश गरेका नेपालका धनाढ्य उद्योगपति विनोद चौधरी मधेशी कोटामा समानुपातिक तर्फका उम्मेदवार बन्न सफल भए । त्यस्तै एमालेले मधेशी आरक्षण कोटामा व्यवसायी मोतिलाल दुगडको नाम सिफारिस गरेको छ । त्यस्तै अर्का व्यवसायी सोनाम ग्याल्छेन शेर्पालाइ पनि एमालेले समानुपातिक उम्मेदवार बनाएको छ। यसरी उद्योगी व्यवसायीहरु विना योगदान राजनीतिमा आउँदा लामो समयदेखि राजनीतिमा भविष्य खोजेर हिडिरहेका कार्यकर्तामा पक्कै निराशा छाइरहेको छ ।

रारा चाउचाउको उत्पादक पोखरा नुडल्सका मालिक सुर्यबहादुर केसीलाइ  नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बनाएको छ । त्यसो त राजनीतिक दलहरुले आफुलाइ आवश्यक परेको बेलामा करोडौ रकमको पनि माग राख्छन । यस्ता व्यवसायिक घरानासंग सम्वन्धित १५ जना भन्दा बढी व्यक्तिलाइ समानुपातिक तर्फका उम्मेदवार बनाएको छ ।

लिटल एंजेल्स स्कुलका संस्थापक उमेश श्रेष्ठ यसपटक कांग्रेसबाट समानुपातिक सुचिमा परे । निर्माण व्यवसायी जिपछिरिङ शेर्पा,नेपाल कन्सट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेशनका नामक एक कमिशन एजेन्सीका संचालक दिव्यमणी राजभण्डारी लगायतका अन्य व्यवसायीहरु पनि कांग्रेसबाट समानुपातिक सुचिमा परेका छन । प्रभु बैङकका मालीक देविप्रसाद भट्टचन ,नेपाल उद्योग वाणिज्य महासंघका पर्व अध्यक्ष आनन्दराम मुल्मी,विवादीत नोवल मेडिकल कलेजका संचालक शुनिलकुमार शर्मा पनि कांग्रेसबाट समानुपातिक तर्फ चुनिए । एमालेबाट जनार्दन ढकाल,वैदेशीक रोजगार व्यवसायी एलपी साँवा लिम्बु कांग्रेसबाट मोहन आचार्य त्यस्तै राप्रपाबाट फिल्म हल व्यवसायी उद्धव पौडेल पनि निर्वाचनको मैदानमा देखीएका छन ।

व्यवसायी, ठेकेदार तथा पैसावालहरु राजनीतिमा आउन थालेपछि सर्वहारा वर्गको अधिकार सुनिश्चित हुनेमा शंका उत्पन्न हुने देखीन्छ । दिलमान पाख्रिन, पुर्णबहादुर तामाङ, राजु थापा, चन्द्र महर्जन, तीर्थ लामा, हरिप्रसाद महतो, हरिनारायण चौधरी, तेजुलाल चौधरी, भरतकुमार स्वार, हरिनारायण रौनियार , जयप्रसाद ठाकुर, छत्रबहादुर वम्जन, पुष्मा शाह, खड्कबहादुर खत्री, जयप्रसाद ठाकुर, जयप्रसाद ठाकुर, रमेश धमला, विष्णु खत्री, राजेन्द्र वजगााइ, इन्द्र बानिया, चन्द्र लामा, छत्रबहादुर बम्जन, राजेन्द्र कुमार श्रेष्ठ, प्रकाश सिंह कार्की, केशवराज पाण्डे, श्रीप्रसाद मैनाली लगायतका थुप्रै उम्मेदवारहरु व्यवसायी तथा ठेकेदार हुन । व्यवसायिक पृष्ठभुमी भएका व्यक्तिहरु राजनीतिमा आउदा राजनीतिलाइ जनताको सेवाको रुपमा भन्दा स्वार्थपूर्तिको आधार बनाउने खतरा समेत हुन्छ । (दियोपोष्टबाट)

SwadeshPost