माडीमा सामरी उत्थान सेवाबाट सशक्तिकरण भएका ३० जना महिलाहरु सम्मानित

250
SwadeshPost

०८ पाैष, चितवन । मध्यपूर्वी माडीमा सामरी उत्थान सेवाले सञ्चालन गरेको परियोजनाहरुबाट शसक्तिकरण भएका ३० जना महिलाहरु सम्मानित भएका छन् ।संस्थाले विगत १३ बर्षको अवधीमा सञ्चालन गरेका विभिन्न परियोजनाहरुको प्रभावस्वरुप सामाजिक, आर्थिक र नेतृत्व क्षमताको विकास भई समाजमा अग्रस्थानमा देखिएका ३० जना अगुवा महिलाहरुलाई सम्मान गरिएको हो । एक विशेष कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो एवं संस्थाका अधिकारीहरुले उनीहरुलाई सम्मान गर्नुभएको हो ।

सोही अवसरमा परियोजनालाई सघाउने एवं सहयोग गर्ने स्थानीय संघसंस्थाहरुलाई प्रशंसापत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो । अब, परियोजनाका गतिविधीहरु माडी महिला उत्थान समाज नाममा स्थानीय स्तरमा गठन भएको संस्थाले स्वामित्व लिई अगाडी बढाउने कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएकी सामरी उत्थान सेवाका कार्यकारी निर्देशक विमला गायकले जानकारी दिनुभयो ।

SwadeshPost