बिप्लव नेतृत्वको नेकपा, चितवनद्वारा माडीमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालित

174
SwadeshPost

चितवन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, चितवन जिल्ला कमिटिद्वारा माडीमा जिल्लास्तरीय स्कुलिङ कार्यक्रम सञ्चालन भएको छ ।

दिवाकर बालग्रामस्थित पारिजात सामुदायिक पुस्तकालयको हलमा पौष १२ गते सुरु भई १७ गतेसम्म जारी रहने सो स्कुलिङ कार्यक्रममा पार्टीका जिल्लास्तरीय नेता र पूणर्कालीन युवा कार्यकर्ताहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं केन्द्रीय स्कुल तथा अनुसन्धान विभागका सदस्य लाल बहादुर बि.सी.ले दर्शनशास्त्रको शिक्षण गर्नुभएको छ ।

कार्यक्रम अन्तरगत पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय स्कुल तथा अनुसन्धान विभागका सेक्रेटरी भेषराज भुसालले अर्थशास्त्र र स्कुल विभागकै सदस्य कमरेड गतिले बैज्ञानिक समाजवादबारे शिक्षण गर्नुहुने पार्टीले जनाएको छ । युवा कम्युनिष्ट नेता र कार्यकर्ताहरुलाई बैचारिक फाँटमा सशक्त बनाउन सो स्कुलिङ कार्यक्रम सञ्चालनमा रहेको नेकपाका चितवन ईञ्चार्ज सन्देश पौडेलले जानकारी दिनुभयो ।

SwadeshPost