माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)

618
SwadeshPost

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।

आइतबार चितवन माडीमा आयोजित जनसभामा बोल्दै प्रचण्डले बाँदरमुडे घटना पिडितहरुसँग भएको सम्झौता ऐतिहासिक उपलव्धी भएको भन्दै पिडितको भावनालाई आत्मसाथ गर्दै विकास निर्माणमा लाग्ने समेत प्रतिवद्धता गरेका छन् । देशभर बाम गठबन्धनले उत्साह जागेको भन्दै प्रचण्डले आफुहरु पनि उत्साहित भएको उनको भनाई थियो ।

हेर्नुहोस्, माडीमा प्रचण्डको सम्बोधन (भिडियो)

यसैबिच, सोही चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै नभई मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको तर्क गरेका छन् । दुई पार्टी मिल्दा दुईचार हजारले होइन भारी मतले बाम गठबन्धनका उम्मेदवार जित्ने उनको दाबी थियो । उनले भने, ‘आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।’ माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उनले यसमा आफ्नो साथ रहने तथा प्रचण्ड र आफू मिलेर देश बनाउने संकल्प गरेको बताए ।

हेर्नुहोस्, माडीमा के.पी. ओलीको सम्बोधन (भिडियो)

SwadeshPost