निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन

717
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने हात्ती, गैंडा, बाघ तथा भालु जस्ता जनावरले जनधनको क्षति गरेर मध्यवर्तीका जनता हैरान भएपछि सौर्यशक्तिबाट चल्ने सोलार तारबार गरिएपनि हात्ती भने सजिलै छिर्ने गरेका छन् ।

“हात्तीका लागि यो प्रभावकारी भएन”, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभु महतोले भन्नुभयो, “गैंडाका लागि भने औषधि भएको छ ।” उनका अनु सार तारबार देखेपछि गैंडा जंगलतिरै फर्किने गरेको छ भने हात्तीले त्यसलाई टेर्दैन । “कैयौं ठाउँमा तोडफोड गरेर बस्ती छिरेका छन् ।” सोलार तारबारमा निश्चित ठाउँमा संग्रहित सोलार पावर तारबाट बहाइन्छ । तारमा बहेको विद्युतीय शक्तिले जनावरलाई सामान्य झट्का दिन्छ र जनावर तर्सिएर अघि बढ्दैन । मध्यवर्तीका जनता यो तारबार शुरु भएदेखि अधिक समय चैनमा छन् । तर, हात्ती आउन नरोकिएकाले आजित छन् ।

४ वर्ष अघिदेखि शुरु भएको सोलार तारबार अहिलेसम्म माडी क्षेत्रमा ३९ किलोमिटर लामो बनेको छ । १ किलोमिटर तारबार गर्न करिब डेढ लाख रुपैया“ खर्च हुन्छ । अयोध्यापुरीको बगईबाट शुरु गरिएको तारबार पछिल्लोपटक गर्दीको पा“च पाँण्डवसम्म पु¥याइएको छ । जंगली हात्ती निस्केर जनधनको क्षति गर्ने ठाउँहरुमा यी दुवै निकै अघि छन् । केही समयअघि ध्रुवे हात्तीले सबैभन्दा बढी यही क्षेत्रमा बितण्डा मच्चाएको थियो । त्यस क्षेत्रमा कैयौंपटक तारबार भत्काएर हात्ती प्रवेश गर्ने गरेको छ ।

कल्याणपुर लगायत अन्य कतिपय ठाउँमा हात्ती रोक्नका लागि अग्लो पर्खाल लगाएर माथि तारबार गर्ने गरिएको छ । कल्याणपुरको हरिनगर क्षेत्रमा हात्तीको आतंक बढी हुन्छ । हालसम्म १५ फिट उचाइको ३ किलोमिटर क्षेत्रमा ड्याम निर्माण गरी तारबार जडान गरिएको रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मुक्तराज लामिछानेले जानकारी दिनुभयो । त्यस्तै बघौडाको धोवाहा, गर्दीको पा“चपाण्डव, अयोध्यापुरीको बगाई र प्याउलीमा बढी हात्तीले मान्छे तर्साउ“छन् । यी क्षेत्रमा बाघ र भालुले पनि क्षति गर्ने गरेका छन् ।

मध्यवर्तीका जगतपुर, मेघौली र पटिहानी गाविसको निकुञ्ज छेउमा पनि विद्युतीय तारबार गरिएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा पनि तारबार छन् । माडीबाहेक क्षेत्रमा भने विद्युतीय तारबार छन् । माडीमा बिजुली नपुगेकाले सोलारको सहारा लिइएको हो । दिनभर घामबाट सिर्जित विद्युत् शक्तिले जंगली जनावरलाई झट्का दिएर बस्तीतर्फ आउन रोक्छ । तारबारमा बग्ने विद्युत्ले तर्साएपछि जनावर फर्कने गर्छ । विद्युत् प्रवाह गर्नका लागि एक ठाउँमा मुख्य नियन्त्रण केन्द्र निर्माण गरिएको हुन्छ । त्यहा“ राखिएको मेसिनका लागि १ लाख ६५ हजार रुपैयाँ पर्छ । यसमा तराई भूपरिरिध कार्यक्रम (ताल) को ठूलो सहयोग छ । कतिपय खर्च भने मध्यवर्ती उपभोक्ता समितिले गर्छ ।

“धेरै बाली जोगिएका छन्”, महतोले भन्नुभयो, “जनताले पनि आराम महसुस गर्न पाएका छन् । तर, हात्ती नै रोक्न सकिएन ।” निकुञ्जबाट निस्किएका जनावरले बालीमात्र नष्ट पार्ने नभएर मान्छे लाई पनि आक्रमण गरेको घटना पनि प्रशस्तै छन् । आक्रमणबाट कैयौंले ज्यान गुमाएका छन् भने घाइते पनि थुप्रै भएका छन् । माडीको अयोध्यापुरी–९ को प्याउली र गोविन्दबस्तीमा हात्तीले तारबारमा सुकेको काठले हानेर क्षति पु¥याएपछि गाउँ छिर्ने गरेको स्थानीय इन्द्र प्रसाद सापकोटा बताउ“छन् । “पहिले हामी हात्ती खोद्थ्यौं”, उनले भने, “अहिले काठले हानेर तारबार भत्काउछ अनि बस्ती छिरेर मान्छे खेद्छ ।”

– बिनोदबाबु रिजाल, भरतपुर

SwadeshPost