माडीका युवा बोन्साई कलाकार प्रताप के.सी.को गोर्खालीको बोन्साई कला केन्द्रमा तोडफोड

562
SwadeshPost

चितवन । माडीका युवा बोन्साई कलाकार प्रताप के.सी.को बोन्साई कला केन्द्रमा गएराती तोडफोड भएको छ ।

माडी-७, कीर्तनपुर निवासी बोन्साई आर्टिस्ट के.सी.ले घरमै स्थापना गर्नुभएको ‘गोर्खालीको बोन्साई’ नामको कलाकेन्द्रमा रहेका सामानहरुमा गएराती तोडफोड भएको हो । तोडफोडको घटनाबारे प्रहरीलाई खबर गरिसकेको उहाँले जानकारी दिनुभयो ।

कलाकार के.सी.ले बिशेषतः पिपल, वर, धुपी लगायतका बहुबर्षिय रुखहरुलाई गमला र भाडोँमा स्थापित गरी बर्षैँसम्म सजावट हुने डिजाइन गर्दै आउनुभएको छ ।

SwadeshPost