मिल्दाजुल्दा चुनाव चिन्हले समस्या, समग्र मतपरिणाम नै प्रभावित हुनसक्ने

886
SwadeshPost

निर्वाचन आयोगले कतिपय पार्टीहरुलाई उस्तै रुप र आकारप्रकार भएका चुनाव चिह्नहरु दिएका कारण मतदाता झक्किने सम्भावना प्रवल रहेको दलहरुले जनाएका छन् ।

संयुक्त वाम गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)लाई आयोगले गोलाकार घेरा भित्रको हँसिया हथौडाको चुनाव चिह्न दिएको छ भने त्यससंग मिल्दो जुल्दो स्वरुपको हँसिया र तारा अंकित चिह्न नेकपा (माले)लाई प्रदान गरेको छ । त्यसैगरी हँसिया मात्र अंकित चिह्न नेकपा (संयुक्त)लाइ दिइएकोमा हाल सो पाटी माओवादी केन्द्रमै बिलय भइसकेको छ । राप्रपा नेपालबाट फुटेर बनेको राप्रपा (प्रजातान्त्रिक)लाई गोलाकार भित्रै हलो चिन्ह दिइएको छ, जसबाट माओवादी अध्यक्ष प्रचण्ड र बनमन्त्री बिक्रम पाण्डेको चुनावी क्षेत्र चितवन ३ मा मतदाता झुक्किन सक्ने सम्भावना प्रवल रहेको छ । मतपत्रमा गोलाकार भित्र छाता र षट्कोण चिन्ह पनि देख्न सकिन्छ ।

त्यस्तै आयोगले राप्रपा नेपाललाई गाई तथा तराई मधेस लोकतान्त्रिक पार्टीलाई हल गोरु चिह्न प्रदान गरेको छ । नयाँ शक्ति नेपाललाई आँखा चुनाव चिन्ह दिँदैगर्दा दुईवटा आँखाको चिन्ह पनि मतपत्रमा देख्न सकिन्छ ।

यसरी एकआपसमा मिल्दाजुल्दा भएकाले मतदाता झुक्किएर अन्य स्थानमा मतदान गर्ने वा मत बदर हुनेगरी छाप लगाउने सम्भावना बढी रहेको दलहरुको बुझाई छ । गत संविधानसभा तथा स्थानीय तहको निर्वाचनमा केही उम्मेद्वारहरु झिनो मत अन्तरले विजयी भएका तथा उम्मेदवार नै नभएको ठाउँमा पनि मिल्दोजुल्दो चिन्हमा मत खसी समग्र नतिजा वा मतपरिणाम नै प्रभावित भएको घटना देखिएका थिए ।

SwadeshPost