बागमती प्रदेश वन मन्त्रालयद्वारा माडीका सामुदायिक वनहरुमा क्रंकिट वाल सहित मेसजाली लगाउन बजेट

105
SwadeshPost

माडी, चितवन । बागमती प्रदेशको वन मन्त्रालयले माडीका विभिन्न सामुदायिक वनहरुमा क्रंकिट वाल सहितको मेसजाली लगाउन बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले माडी-५, छरछरेबाट ढुकुरबारीसम्म कंक्रिट वाल सहितको मेसजाली निर्माणका लागि १७ लाख ५० हजार, माडी-२ मध्यसितलपुरमा कंक्रिट वाल सहितको मेसजाली लगाउन १७ लाख ५० हजार, घोसरी एकता स्तम्भसम्म क्रंकिट वाल सहित मेसवालीका लागि ७ लाख ८८ हजार र माडी-९, गणेशकुञ्जमा क्रंकिट वाल सहित मेजसालीका लागि ७ लाख ८८ हजार रुपैंया बजेट पारेको हो ।

त्यसैगरी माडी-५, छरछरेस्थित मितेरी पार्क क्षेत्रमा जंगली जनावर पुनर्स्थापना केन्द्र निर्माणका लागि २२ लाख रुपैंया समेत विनियोजन भएको बागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost