कृषि मन्त्रालयले माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया सशर्त अनुदान

257
SwadeshPost
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सशर्त अनुदान अन्तरगत माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया बजेट पठाएको छ ।
मन्त्रालयले माडी नगरपालिकामा कृषि विकास रणनीति अनुगमन तथा समन्य कार्यक्रमका लागि ३ लाख, कृषि विभागका लागि २९ लाख, पशुसेवा विभागका लागि ९८ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ११ लाख रुपैंया बजेट पठाएको हो ।
मन्त्रालयले चितवनका स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै बजेट सहितको कार्यक्रम माडी नगरपालिकालाई पठाएको हो ।
मन्त्रालयको बार्षिक विकास कार्यक्रमहरु पुस्तक अनुसार चितवनमा भरतपुर महानगरपालिकालाई ६१ लाख, कालीका नगरपालिकालाई ५५ लाख, खैरहनीलाई ६३ लाख, रत्ननगरलाई १ करोड ४ लाख, राप्तीलाई १ करोड २ लाख र ईच्छाकामना गाउँपालिकालाई ७९ लाख रुपैंया सशर्त बजेट रहेको छ ।
SwadeshPost