माडी नगरपालिकामा तीनपाङ्ग्रे अटो एवं कृषि यन्त्रहरुको भाडादर निर्धारणका लागि कार्यदल गठन

307
SwadeshPost

चितवन । माडी नगरपालिकाले नगर क्षेत्रमा चल्ने तीनपाङ्ग्रे अटो एवं भाडामा प्रयोग गरिएका ट्रयाक्टर लगायतका कृषि यन्त्रहरुको भाडादर निर्धारण गर्न कार्यदल गठन गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नगर उपप्रमुख खेमप्रसाद महतोको संयोजकत्वमा कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेल, यातायात व्यवस्थापन समिति संयोजक अमित कुमार लामा र कार्यपालिका सदस्य कमल भुजेल सदस्य रहनुभएको कार्यदल गठन गरेको हो । कार्यदलको सदस्य सचिव माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद उपाध्याय रहनुभएको छ ।

यसअघि, गत २०७७ जेष्ठ पहिलो साता माडी नगरपालिका कृषि शाखाले ट्रयाक्टर, रिपर, थ्रेसर आदिजस्ता कृषि सामग्रीहरुको प्रतिघण्टाको भाडा शुल्कमा भारी कटौती गरी मुल्य निर्धारण गरेको थियो भने अनुदान प्राप्त रिपर र थ्रेसरहरुको प्रतिघण्टा मुल्यको २० प्रतिशत रकम अनुदान लगेको समुहको खातामा जम्मा हुने व्यवस्था गरेको थियो ।

SwadeshPost