माडीको कृष्णनगर माध्यमिक विद्यालयले कक्षा ८ र १० मा अध्ययनरत सबै विद्यार्थीलाई होस्टेल सुविधा दिने

192
SwadeshPost

चितवन । पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयले कक्षा ८ र १० मा अध्ययनरत सबै विद्यार्थीलाई होस्टेल सुविधा दिने भएको छ ।

विद्यालयका मा.वि. इञ्चार्ज समेत रहनुभएका शिक्षक कलिराम महतोको संयोजकत्वमा शिक्षक अभिभावकको भेलाबाट विद्यार्थीहरूका लागि विद्यालयमा छात्रबास सञ्चालन गर्ने निणर्य भएको हो ।

बिद्यार्थी टाढाबाट आउने, घरमा जाँदा घरको काममा ब्यस्त हुने जस्ता कारणले गर्दा पढ्न नपाउने समस्या भएकाले सुरुमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थीहरुलाई स्कुलमै रहने वातावरण बनाउन लागिएको शिक्षक महतोले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost