व्यवसायिक फूल खेतीका लागि माडी-६ले पुष्प कृषकहरुलाई फूलको बिरुवा वितरण

243
SwadeshPost

चितवन । व्यवसायिक फूल खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत माडी-६ वडा कार्यालयले पुष्प कृषकहरुलाई फूलको बिरुवा वितरण गरेको छ ।

वडा कार्यालयले बुधबार ५४ जना कृषकहरुलाई ४६ हजार ५०० वटा सयपत्री फुलको बिरुवा अनुदान स्वरुप वितरण गरेको हो । व्यवसायिक फूलखेती गर्न आवेदन गरेका कृषकहरु एवं वडा अन्तरगतका कार्यालयहरुलाई रु १ लाख रुपैंया बराबरको फुलको बिरुवा प्रदान गरिएको वडाध्यक्ष दीपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

यसअघि वडा कार्यालयले ५ सय बिरुवा नघटाई व्यवसायिक फूल खेती गर्ने किसानहरूबाट आवेदन माग गरेको थियो । हाल वितरित फूलको बिरुवा आउँदो तिहार पर्वको समयमा बिक्रीका लागि तयार हुनेछन् । तिहारको समयमा बजारमा फूलको उच्च माग रहने गरेको छ ।

— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार साँझ ०६:४६ मा अध्यावधिक

SwadeshPost