मनाङ्बाट पोल्देन गुरुङ र पुर्वी रुकुमबाट कमला रोकाको ऐतिहासिक जीत

376
SwadeshPost

प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको प्रारम्भीक मतपरिणामले वाम गठबन्धनलाई फराकिलो अग्रता दिएएको छ । पहिलो घोषित मतपरिणाम अनुसार नेकपा (एमाले)का पोल्देन गुरुङले मनाङ्बाट ऐतिहासिक बिजय दर्ता गरेका छन् । त्यस्तै, वाम गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रका महिला नेतृ कमला रोकाले पुर्वी रुकुमबाट जित दर्ता गरेकी छिन् ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका गुरुङले पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गरेका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका थिए । त्यस्तै, पुर्वी रुकुममा रोकाले निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । उनले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । यो संगै रोका संघीय नेपालको प्रतिनिधिसभामा निर्वाचित हुने ऐतिहासिक पहिलो महिला सदस्य बनेकी छिन् । सो क्षेत्रमा नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४८९ मत ल्याएका छन् ।

SwadeshPost