चितवन वामपन्थीमय, १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल विजयी

891
SwadeshPost

प्रतिनिधीसभा सदस्य निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. १ मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा क्षेत्र नं. २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल विजयी भएका छन् ।

५० हजार ८९७ मत ल्याएका पाण्डेले लोकतान्त्रिक गठबन्धनका राजेन्द्र प्रसाद बुर्लाकोटीलाई १४ हजार ४७३ मतान्तरले पराजित गरेका हुन् । यता, क्षेत्र नम्बर २ मा आफ्ना निकटतम प्रतिस्पर्धी वहालवाला शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार तीन सय ५६ मतले पछी पार्दै पोखरेल विजयी भए । उनको ४४ हजार छ सय ७० मत रहेको छ ।

जारी निर्वाचन अन्तरगत चितवनका सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा वामपन्थी उम्मेदवारहरुको अग्रता रहँदै आएको थियो । क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार तथा बनमन्त्री बिक्रम पाण्डेलाई निरन्तर पछी पार्दै अग्रता बढाइरहेका छन् ।

SwadeshPost