चितवनका जनतालाई प्रचण्डको धन्यवाद, माडीलाई मणी बनाइने भनाईं

630
SwadeshPost

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणी बनाउने सपना साकार पारिने दोहो-याएका छन् ।

माडीको बरुवा बजारमा आयोजित बिजय -याली सम्बोधन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले मतदाताहरुलाई धन्यवाद दिए । माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डको भनाई थियो । माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि रिभर म्यानेजमेन्ट मास्टर प्लानअन्तर्गत काम गर्ने बताउँदै उनले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माण गर्ने समेत जनाए ।

सो क्षेत्रमा वाम गठबन्धनकबाट उम्मेद्वार बनेका दाहाल वन तथा भू-संरक्षणमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९३२७को मतान्तरले हराउँदै विजयी बनेका हुन् । प्रचण्डले ४८२६९ मत प्राप्त गरे भनेका छन् पाण्डेले ३८९४२ मत प्राप्त गरे ।

SwadeshPost